बलिउड फिल्म ‘एनिमल’मा अनुबन्धित भए धमला
एजेन्सीः बलिउड फिल्म ‘एनिमल’मा नेपाली अभिनेता टंक धमला अनुबद्घ भएका छन्।
अप्रिल १ देखि लण्डनमा छायांकन भइरहेको फिल्मको सेटमा धमलाले ज्वाइन गरेका छन्। फिल्ममा उनले बबी देओलको भाइको भूमिकामा अभिनय गरिरहेको बताइएको छ। ‘एनिमल’को आधिकारिक आईएमडीबी पेजमा पनि कास्टको रुपमा धमलाको नाम उल्लेख गरिएको छ।
धमलाले २०७६ सालमा रिलिज भएको नेपाली फिल्म ‘सरौतो’मा अभिनय गरेका छन्। यसबाहेक कर्म र डेन्जरियस गेम उनका अन्य फिल्महरु हुन्। ‘एनिमल’मा धमलाको भागको छायांकन बेलायत र लण्डनमा हुने भएको छ।
‘कबीर सिंह’ फेम्ड सन्दीप रेड्डी भांगाको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘एनिमल’मा रणवीर कपुरसहित रश्मिका मन्दाना, अनिल कपुर, बबी देओल लगायतको अभिनय छ।