सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउडाको बहुआयामिक बिषयमा प्राज्ञिक छलफल

२०७९ चैत्र ३०, ०८:२५ खबर संवाददाता

धनगढीः बिहीबार देउडा लोकसाहित्य माथि चर्चा गरिएको एक कार्यक्रममापूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलले देउडा र राजनीतिकको सम्बन्ध जोड्दै देउडा गीत सुनाए। एमाले नेता रावलले राजनीति र नेतामाथिब्यङ्य गरिएको देउडा गीतको भाका र अर्थ जोड्दै सस्कृतिमान्छेको जीवनभएको बताए।

कोहीवेच्दा गण्डकी घाट, कोही बेच्दानछन् कोशी

देशबनाउने नेताभन्या, क्यान हुन्छन् दोषि।

‘सस्कृतिमादेश बोल्छ, समाज बाच्छ, जीवन चल्छ’ देउडा लोकसाहित्यको चर्चा गर्दै रावलले भने, ‘यदी समाज कमजोर बनाउनुछ भने उसको सस्कृतिमाथि प्रहार गरिन्छ। त्यस कारण देउडा कर्णाली र सुदूरपश्चिमको जीवनभएकाले यसलाई बचाइराख्नुपर्छ।’ देउडा लोकसात्हिय ः बिमर्श गोष्ठी शीषर्क नामदिएर २०८९ सालको अन्तिमदिन ३० चैतमा काठमाडौंमा देउडामाथि प्राज्ञिक छलफल भयो। देउडा सुनाउँदै भनाई राख्दै सुदूरपश्चिम र कर्णालीका केही नेता, प्राज्ञ, देउडाका सर्जक, गायकले देउडाको बहुआयामिक विषयमा चर्चा गरे।No description available.

सुदूरपश्चिमका विभिन्न जिल्लामा भाषा र लवजमा देउडा गीत सुसेल्दै देउडाका सामाजिक, सास्कृति, राजनीतिक पाटोमाथि चर्चा गराएर सहभागि रमाएका थिए। । म नरमाउने कुरै थिएन। सुदूरपश्चिमेली डेउडा काठमाडौंमा सुन्नुको मजा नै बेग्लै थियो। बरिष्ट लोक देउडा गायक नन्दकृष्ण जोशीले लेखन, अभिव्यक्ति र खेलको संयोजन रहेको देउडा गीतउत्कृष्ट सिर्जनाका रुपमा रहेको बताए।  ’देउडा यस्तो सिर्जनाहो, जुन लेख्दा साहित्य, बोल्दागीत र खेल्दानाच हुन्छ। यीतिनै कुराको संयोजन भएको साहित्यिक वैभव संसारमै छैन’, उनले भने।

पश्चिम नेपालमा कला संस्कृतिको इतिहास हेर्ने हो भने देउडा गीतपहिलो स्थानमा रहेको छ। माया, रोदन, आँसु, बेदना र दुःखपोख्ने देउडा गीतको विगत र वर्तमान, देउडा गीतकाप्रकार, देउडाको इतिहासका विषयमा गोष्ठीमा छलफल भएको थियो। गोष्ठीमा ‘सामाजिकरुपान्त्रणमा देउडा र मानशास्त्रीय, समाजशास्त्रीय दृष्टिकोणमा देउडा’ विषयमादुईवटा कार्यपत्र पेश गरिएका थिए। समाजिक रुपान्त्रणमा देउडा विषयको कार्यपत्र पेश गर्दै प्रा.डा.बर्दी शर्मा बिनाडीले सामाजिक रुपान्तरणका देउडाले महत्वपूर्ण भूमिका खेलेको केही उदाहरण पेश गरेका थिए।

जाडिले मरेइनहो कि ओराडको कोडी

आइजा सुवा मायाभया लुवा साङ्लातोडीNo description available.

यो गीतले तत्कालिनअवस्थामा कुष्ठरोगीमाथि गरेको विभेद र तत्कालीन समाजको चेतना, व्यवहार र कारुणिक यथार्थतालाई संकेत गरेको देखिन्छ।

क्याभनी बहुदल आयो क्याभनि गणतन्त्र

राजनीतिकदलका नेता भैग्या परतन्त्र।। 

यो गीतका माध्यमबाट दलहरुले विदेशीको इसारामा कामगरिरहेका जनधारणा समेटी तिनका कार्यशैलीप्रति आफ्ना असहमति र असन्तुष्टि पोखिएको छ। डा. बिनाडीले देउडा, समाजिक विभेदन, महिलाका सवाल, राजनीतिसहित समाजका सबै विषयसँग गाँसिएकोे बताए। ‘समाजिक रुपान्त्रणमा देउडा’ कार्यपत्र पेश गर्दै प्रा.डा पदमकोलौनीले समाजमा देखिएका असन्तुष्टि, परिवर्तनका चाहाना गीतमा व्यक्त गरिएका केही उदाहरण पेश गरेका थिए।

लेखाजोखा केहीहुँदैन, पसिना सीपको

गरिबकादिन छैनन, कहिले होला निको


संविधानले रोजगारीको ग्यारेन्टी गरेपनि, कानुननिर्माण भएपनि काम नपाएको र कामपाएपनि सीपअनुसारको ज्याला नपाएको विषय गीतमार्फत व्यक्तगरिने भावनापनि कार्यपत्रमा समेटिएको थियो। दुईवटा कार्यपत्र पेश भएपछि देउडामय सम्वाद सुरु भयो। सम्वादका वक्ता थिए सांसद दयालबहादुर शाही, प्रा.डा.जिबेन्द्र देव गिरी, प्राज्ञ तथा गायक यज्ञराज उपाध्याय, प्रा.दिब्बेश्वरी जोशी। त्यसलाई सहजिकरण गरेका थिए पत्रकार गोविन्द खड्काले। देउडाको बहुआयामिक पाटो शीर्षक देउडाको उत्खनन, त्यसको इतिहाँस, समाज र राजनीतिकमा देउडा विषयमा छलफल भएको थियो।

सांसद दयालबहादुर शाहीले राजनीतिक परिवर्तन र राजनीतिमाथि ब्यङ्ग्यप्रहार गर्नेमा सबैभन्दा चोटिलो साहित्य देउडा भएको दावी गरे।

कोइकोइ गया मालाखेती, कोइ गया धनगढी

भीमदक्त मर्नाले होकी, ठालूको मनपरी

कितथातथलो छोड कि हलोजोत भन्ने शहिद भीमदत्त मारिएपछि यो गीतजन्मिएको उदाहरण पेशगर्दै सांसद शाहीले समय अनुसार देउडा साहित्यकार जन्मिने गरेको बताए। यज्ञराज उपाध्यायले छलफललाई देउडा मय बनाउँदै न्याउला खेलबाटै देउडा जन्मिएको प्रष्ट पारे। अहिले त देउडाभाषाको गीतभनेर सञ्चारमाध्यमबाट प्रसारण÷प्रकाशन हुनथाले तर, देउडा र न्याउल्या फरक भएको उनले बताए। देउडा ‘देवता’ शब्दबाट आएको र ‘देवता’ देवडा हुँदै देउडा हुनगएको उनको तर्क थियो।

प्रा.डा. जिबेन्द्रदेव गिरीले देउडा लोकसाहित्यको सबैभन्दा पुरानो साहित्यभएको बताए। लोकले आफै राखेकानाम देउडालाई अदलबदल्न नसकीने तर चिन्तन र बस्तुगत धारबाट यसको नामाकरण गर्नुपर्ने राय राखे। प्रा. दिब्बेश्वरी जोशीले डेउडा महिलाको जीवनशैलीमध्य र सुदूरपश्चिमको कठिन जीवनशैलीको प्रतिबिम्बभएको बताइन। उनले देउडाको इतिहासमा भाकाको प्रयोजन विरह पोख्नु मात्रै नभई विरोध गर्नु पनि रहेको बताइन।

कार्यक्रम देउडाको बहुआयामिक पाटोकाविषयमा अनुसन्धानगर्न नेपालआएका युनिभरर्सिटी अफक्रिएटिभ आर्ट युकेकाप्राध्याक डा. साइमन डान्सीको पनि सहभागिता थियो। अन्तराष्ट्रियस्तरमा साहित्यको खोज अनुसन्धानगर्दै आएकाप्राध्यापक डा साइमनले भाषा संस्कृतिले समाजलाई  जीवन्त राख्न महत्वपुर्ण भूमिका खेल्ने बताउँदै यसको अध्ययनकालागि आफु उत्साहित रहेको बताए। कार्यक्रमलाई नेपालएफएम नेटवर्कले सहजिकरण गरेको थियो।No description available.

मध्यतथा सुदूरपश्चिमकाप्रायः सबैको जिब्रोमा देउडा गीत झुन्डिएर रहेको हुन्छ। मानसखण्ड अन्तर्गतमा (बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, मुगु, जुम्ला, दैलख, कालिकोट, जुम्ला) खस राज्यको उत्पतिसंगै देउडा गीतको उत्पतिभएको मानिन्छ। देउडा लोकप्रिय, कर्णप्रिय, लयात्मक र गेयात्मक अभिव्यक्ति हो।  स्थानियजनताले खस राजालाई आफ्नादुख, पिडा, वेदनालयात्मक रुपमा पोख्दापोख्दै देउडा जन्मिएको मानिन्छ।  

कमेन्ट लोड गर्नुस