सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रोपटक विश्वासको मत

२०८० वैशाख १५, ०५:४५ खबर संवाददाता

धनगढीः कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत पाएका छन्।

प्रदेशसभामा उनले शुक्रबार विश्वासको मत लिएका थिए। उनको पक्षमा २९ जना र विपक्षमा १० जना सांसदले मत दिएका थिए। उनलाई माओवादी केन्द्रका १३, कांग्रेसका १४, समाजवादीको १ र १ स्वतन्त्र सांसदले मत दिएका छन्। कर्णाली प्रदेश सरकारमा रहेको एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्मालाई तेस्रोपटक विश्वासको मत लिन परेको हो।

यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका थिए। 
 

कमेन्ट लोड गर्नुस