सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १२६ वडामै काँग्रेसको वडा सम्मेलन सम्पन्न

२०८० वैशाख २१, ०५:०८ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस कैलाली जिल्ला सम्मेलन अन्र्तगत १ सय २६ वटै वडा सम्मेलन सम्पन्न भएको छ।

जिल्ला सम्मेलन गर्नु पूर्व मातहतका निकायमा गर्नु पर्ने सम्मेलन अन्र्तगत वडा सम्मलेन सम्पन्न भएर पालिका सम्मेलनको अन्तिम चरणमा पुगेको जिल्ला प्रचार–प्रसार विभाग संयोजक तपेन्द्र भुषालले बताए।

भुषालका अनुसार विहिबारसम्म १३ वटा पालिका मध्ये १० वटा पालिका सम्पन्न भएका छन् भने बाँकि रहेका ३ वटा पालिकामा पनि २४ गते सम्पन्न गरिने छ। पालिका भन्दा माथिल्लो तह प्रदेश सभा क्षेत्रमा पनि सम्मेलन हुनक्रम जारी रहेको भुषालले बताए। पालिका सम्मेलन हुने क्रममा विहीबार गौरीगंगा नगरपालिका र वर्दगोरिया गाउँपालिकाको सम्पन्न भएको छ।

विभिन्न वडा तहमा खटाएका जिल्ला प्रतिनिधिहरुले प्रतिवेदन बनाउने काम पनि जारी रहेको छ। यहि जेठ ५ गते कैलारी गाँपालिकाको वडा नं.–३ को कालीमाई मन्दिरमा नेपाली काँगे्रसको जिल्ला सम्मेलन हुने संयोजक भुषालले बताए।
 

कमेन्ट लोड गर्नुस