सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ह्यासट्याग माया’को शुभसाइत

२०८० वैशाख २२, ०९:४२ खबर संवाददाता

धनगढीः नायिका नम्रता श्रेष्ठ र नायक सारुक ताम्राकारको मुख्य भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’को शुक्रबार शुभसाइत गरिएको छ।

राजीव गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको शुभसाइत कार्यविनायक मन्दिरमा गरिएको हो। फिल्ममा नम्रता र सारुकसँगै रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। निर्माण टिमले शुक्रबार बिहान पूजा गर्दै फिल्मको छायांकन आउँदो साताबाट सुरु हुने बताइएको छ।

यो फिल्ममो छायांकन काठमाडौंबाट सुरु भएर पोखरा, बर्दिया हुँदै धरानमा पुगेर सकिनेछ। थ्रलर विधामा निर्माण हुने फिल्म प्रेमकथामा आधारित छ। फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ।

फिल्ममा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन  म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त छन्।
 

कमेन्ट लोड गर्नुस