सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको फिल्म‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

२०८० वैशाख २५, ०५:१२ खबर संवाददाता

धनगढीः आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ।

वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा भन्छ। प्रेम, धोका र हत्याको प्लट समावेश गरिएको ट्रेलरमा अन्य कलाकारलाई पनि चित्रण गरिएको छ। वर्षासहित सुशील पोखरेल, जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, विमला गिरी र रमेश अधिकारी पनि शीर्ष भूमिकामा देखिएका छन्।

लभस्टोरी, थ्रिलर र कमेडी जनरामा निर्माण भएको यो फिल्मलाई दिवंगत अभिनेता लामाको अन्तिम फिल्म बताइएको छ। बिना कार्की र सन्तोषकुमार राईले फिल्म निर्माण गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस