सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली चलचित्र ’नम्बरी सुन’को टाइटल गीत सार्वजनिक 

२०८० जेठ १, ०८:२२ खबर संवाददाता

धनगढीः  नेपाली चलचित्र नम्बरी सुनको टाइटल गीत सार्वजनिक भएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्र नम्बरी सुनको टाइटल गीत सार्वजनिक गरिएको हो। राजु गिरीको निर्देशन रहेको  चलचित्रमा पात्र गौरव पहरी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल र किरण नेपाली फिचर्ड रहेका छन्।

आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा राजेन्द्र खड्गी, बुद्धि तामाङ, सविन बास्तोला, विनोद न्यौपाने र गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ। सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद छ।

चलचित्रले ७० वर्ष अघिको नेपाली समाजको कथा चित्रण गर्ने भएको छ।
 

कमेन्ट लोड गर्नुस