‘पैसाका रुख छनकी’को भिडिओ सार्वजनिक
धनगढीः लोक तथा देउडा गायक नरेन्द्र रावलको ‘पैसाका रुख छनकी’ सार्वजनिक भएको छ। उनको युटुबबाट डेउडा गीत सार्वजनिक गरिएको हो।
गायक नरेन्द्र रावल, भुवन दाहाल र गायिका पवित्रा भण्डारीको आवजमा रहेको गीतमा प्रदेशिका कथा समेटिएका छन्।
अछामको ओलिगाउ, दोधारा चाँदनी, टिकापुर पार्क, घोडाघोडी ताल, कर्णाली पुल जस्ता पर्यटकिय स्थलमा छायांकन गरिएको यस गीतको निर्देशन सुरेन्द्र संगमले गरेका हुन्।
गायक रावलको आफ्नै शब्द संगीतमा रहेको देउडा गीतमा पर्यटन व्यावसायि युवा दिपक रावल र मोडेल झरना बोहराको अभियान छ।
गीतको अडियो २०५९ सालमा रेकर्ड गरीएको थियो। तर त्यो बेला भिडिओ थिएन्।
रावलका फुलिजा शांन्तका फूल, सिरानीमा आँसु, धन्य पिरतिका खेल, अपुरा सैना लगायत दर्जन भन्दा बढी गीती क्यासेटहरु बजारमा सार्वजनिक भएका थिए।
कुनै बेला बजारमा देउडा गीत संगित बजारमा ठप्प हुदा रावलले सुदुरपश्चिम मेरा ढकमक्क फुली, गौड्या भेट जस्ता लोकप्रिय गीत बजारमा ल्याउन सफल भएका थिए जुन गीतले उनलाई दर्शक श्रोताको निकै माया पाएका थिए।