सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र “काँडेतार“ सेन्सर बोर्डबाट फुकुवा

२०८० जेठ ४, ०९:२० खबर संवाददाता

काठमाडौंः  सामना फिल्मस् प्रा. लि. द्वारा निर्मित चलचित्र “काँडेतार“ लाई नेपाल सरकारको सेन्सर बोर्डबाट फुकुवा गरेको छ।

सेन्सरले यो फिल्मलाई पि÷जी सर्टिफिकेट दिएको छ। फिल्ममा नेपाल–भारतबीचको खुला सिमानाले निम्त्याएको विसंगति तथा समस्यालाई चित्रण गरिएको छ। फिल्मका निर्माता, निर्देशक तथा अभिनेता नवल खड्काले आफ्नो फिल्म सेन्सर फुकवा भएको अवसरमा सेन्सर स्विकृति प्रक्रियामा आएको कठिनाइलाई सुल्झाउने अवस्था निर्माण गर्नमा सहयोग गर्ने सबै पत्रकार र मिडिया समूहहरुलाई हार्दिक आभार व्यक्त गरेका छन्।

निर्देशक खड्काले चलचित्रको भावना र नियतलाई आत्मसात् गर्दै सेन्सर फुकुवा गर्न तत्पर हुने चलचित्र सेन्सर वोर्डका पदाधिकारीप्रति पनि आभार व्यक्त गरेका छन्। निर्देशक खड्काले फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस