सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १२ गते ‘हुक्का’ फिल्म प्रदर्शनमा आउने

२०८० जेठ ५, ०४:५३ खबर संवाददाता

काठमाडौँः  यही जेठ १२ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘हुक्का’ एन एब्सर्ड ड्रिम’ मार्फत कलाकार सन्तोषकुमार आत्रेय प्रमुख भूमिकामा प्रस्तुत भएर दर्शकमाझ आउँदैछन्।

यो फिल्ममा आत्रेयकै लेखन छ। आत्रेयले फिल्म ‘हुक्का’ एन एब्सर्ड ड्रिम’ को कथाको सुरुवातका बारेमा विस्तृत कुरा खुलाएका छन्। ‘धौली’ को निर्माण र प्रदर्शनको लामो समयपछि निर्माता सन्तोषकुमार आत्रेय काठमाडौंमा अर्को फिल्म ‘बालै फरर’ को प्री–प्रोडक्सनमा व्यस्त थिए।

फिल्म सुटिङमा जान तयार भइरहँदा एकदिन कान्तिपुर दैनिकमा एक ४० वर्षे उद्योगपति र समाजसेवीको समवेदना  देखेर ‘हुक्का’ फिल्म बनाएको आत्रेयले बताए। फिल्ममा आत्रेयले नै अभिनय गरेका छन्।

कमेन्ट लोड गर्नुस