सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

२०८० जेठ २२, ०६:०८ खबर संवाददाता

काठमाडौं: विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतवार स्थगित गरिएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।

आइतवारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए।

बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर सोमवारसम्मका लागि बैठक सारिएको थियो। अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरे पनि उनीहरूसँग कुरा नमिलेपछि सोमवार बिहान ११ बजे बस्ने गरी समय निर्धारण गरिएको छ। उता नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक पनि आइतवार स्थगित भएको थियो। 

कमेन्ट लोड गर्नुस