सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘परस्त्री’ को ट्रेलर सार्वजनिक

२०८० जेठ २५, ०८:३९ खबर संवाददाता

काठमाडौँः  चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन्। कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो। ‘हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझै भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ’, निर्देशक पाण्डेले भने। उनले हिन्दी भाषामार्फत बढी दर्शकसम्म पुग्ने विश्वास व्यक्त गरे।

चलचित्रका लेखक दीपेन्द्र के खनाल हुन्। उनले यो विषय समाजसँग जोडिएको बताए। उनले भने, ‘यो हामीले देखिरहेको र सुनिरहेको कथा हो। यसले हाम्रो कमजोरी औँल्याउनसमेत मद्दत गर्छ।’ चलचित्रमा अभिनेत्री शिल्पा मास्के, अभिनेता कोसिस क्षेत्री, गौरभ विष्ट लगाएतका अन्य कलाकारलाई देख्न सकिने छ।

चलचित्र आगामी असार १५ गतेदेखि नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन हुँदैछ। चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस