सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा प्रदेश सभा सदस्य विष्ट बसिन धर्नामा

२०८० जेठ २९, ०५:२१ खबर संवाददाता

धनगढीः  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य खिमादेवी विष्ट पनि विश्वविद्यालय स्थापनाको आन्दोलनमा सहभागी भएकी छन्।

आइतबारको प्रदेश सभा बहिष्कार गरेकी विष्ट सोमवार भने संघर्ष समितिसँगै प्रदेश सभाको प्रवेशद्वारमा धर्नामा बसेकी हुन्। गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि भइरहेको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको भन्दै प्रदेश सभा सदस्य विष्ट धर्नामा बसेकी हुन्। संघर्ष समितिले आज प्रदेश सभा सदस्यहरूलाई प्रदेश सभामा प्रवेश गर्न नदिने भन्दै प्रवेशद्वारमा धर्ना दिएका हुन्।

गेटामा विश्वविद्यालय स्थापना गर्न संघीय सरकारलाई दबाब दिन माग गर्दै संघर्ष समितिले सोमवार दुई बजेदेखि प्रदेश सभामा धर्ना बस्ने कार्यक्रम तय गरेको थियो। तर प्रदेश सभा सदस्यहरू निर्धारित समयभन्दा अगाडि नै प्रदेश सभा भित्र प्रवेश गरिसकेका थिए।

आन्दोलनकारीहरूले प्रदेश सभामा बाहिर नाराबाजी गर्दै धर्ना बसेका हुन्। एक जना आन्दोलनकारी आजबाट अनशन बसेका छन्।
 

कमेन्ट लोड गर्नुस