अनमोलको प्रशंसा गरेर थाक्दिनन् सृष्टी
चलचित्र ‘रोमियो एन्ड मुना’को प्रमोशनको क्रममा भेटिएकी नायिका श्रृष्टी श्रेष्ठले आफूलाई कसैले ‘अनमोलकी हिरोइन’ भन्दा दुःख नलाग्ने बताएकी छिन् । उनले चलचित्र ‘गाजलु’मा अनमोल केसीको जोडीको रुपमा काम गरेकी थिइन् ।
श्रृष्टीले ‘गाजलु’ अनमोलको स्टारडमकै कारण चलेको भन्दै आफूलाई दर्शकले पनि यही चलचित्रबाट चिनेको स्पष्ट पारिन् । उनले भनिन्-‘मलाई मिस नेपाल बनेपछि पनि धेरैले चिन्नु भएको थिएन । तर, ‘गाजलु’मा काम गरेपछि धेरैले चिन्नुभयो । यो अनमोलको कारणले नै हो । अनमोलको स्टारडमकै कारण हलमा दर्शक आउनु भएको हो ।’
पछिल्लो समय यूवाहरुलाई हलसम्म तानिरहेका अनमोलको सम्मान गर्ने उनले बताइन् ।श्रृष्टीले चलचित्र ‘गाजलु’ र ‘रोमियो एन्ड मुना’मा आफ्नो भूमिका फरक रहेको समेत जानकारी दिएकी छन् । उनले यो चलचित्रका नायक विनय श्रेष्ठको पनि खुलेरै तारिफ गरिन् ।
रियल लाइफमा सृष्टी नायक सौगात मल्लको प्रेमिकाको रुपमा चिनिएकी छिन् । केही समयदेखि सौगात र उनी प्रेममा रहेका छन् ।