सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमिर हलिउड फिल्मको रिमेकमा !

२०७५ भदौ ४, १०:४६

  बलिउड सुपरस्टार आमिर खान यतिवेला आफ्नो आउँदै गरेको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङमा व्यस्त छन् । फिल्ममा आमिरबाहेक अमिताभ बच्चन, क्याट्रिना कैफ र फतिमा सना शेख पनि छन् ।
यसलगत्तै आमिरले हलिउड फिल्मको हिन्दी रिमेकमा काम गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, यस फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
 खबरअनुसार आमिर गुल्सनकुमारको बायोपिक पनि बनाउँदै छन् । फिल्मलाई सुभाष कपुरले निर्देशन गर्ने बताइएको छ ।
सन् २०१९ कोे क्रिसमसको मौकामा फिल्म रिलिज हुने बताइएको छ । भारतीय मिडियाका अनुसार फिल्मको आधिकारिक घोषणा चाँडै हुनेछ । 
खबरअनुसार फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ रिलिज भएपछि आमिरले ओशोको बायोपिक घोाषणा गर्ने बताइएको छ ।

कमेन्ट लोड गर्नुस