आर्यनले बनाए कायरा
अभिनेता आर्यन सिग्देलले चलचित्र ‘कायरा’ निर्माण गरेका छन् । चलचित्र क्लासिकबाट फिल्म निर्माणमा लागेका आर्यनले आफूद्वारा निर्मित दोस्रो फिल्म कायराको आइतबार राजधानीमा एक समारोहबीच ट्रेलर रिलिज गरेका छन् ।
सिग्देलले आगामी १८ साउनमा चलचित्र रिलिजको घोषणा गर्दै ट्रेलर सार्वजनिक गरेका हुन् । यो चलचित्रमा उनले नायिकाका रूपमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएका छन् । चलचित्रमा साम्राज्ञीको काम निकै सशक्त भएको र आफ्ना लागि चुनौतीसमेत भएको आर्यनले बताए ।अभिनेत्री साम्राज्ञीले कायराका मुख्य पात्र आफू भएको र चलचित्र निकै राम्रो बनेको दाबी गरिन् ।
चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । यसअघि ‘धुवाँ एक नशामा’सँगै काम गरेका आर्यनले निर्देशनमा फेरि लक्ष्मणलाई कायरामा लिएका हुन् । चलचित्र फिलिपिन्समा छायांकन गरिएको हो ।