सुदूर नेपाललाई विश्वसँग जोड्दै

चित्रमा उतारिएको चुरे भावरको अवस्था

२०७५ असार २५, ०८:१४

 राजधानीको ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा दुईदिने चित्रकलामा जुटेका कलाकारले चुरे भावर क्षेत्र र तराईमा परेको वातावरणीय प्रभावलाई चित्रमा उतारेका छन् ।
 चुरे भावर क्षेत्र र तराईमा परेको वातावरणीय प्रभाव शीर्षकमा आयोजित कला कार्यशालामा विभिन्न कलाकारले चुरे अतिक्रमण र त्यहाँको अवस्थालाई चित्रमा उतारेका हुन् । चुरे क्षेत्रमा हुने परिवर्तनले तराई र मधेसमा हुने वातावरणीय प्रभावलाई पनि चित्रमा देख्न पाइयो ।
मिथिला हस्तकला सेन्टर र मिथिला यें आर्ट ग्यालरीद्वारा आयोजित कार्यशालामा केशवराज खनाल मिथिलादेवी यादव, ज्योतिप्रकाश विक, लालकाजी लामा, डी राम पाल्पाली, अजित शाह, बीके नरबहादुर, प्रमिला परियार, सरिता मण्डल, हरेराम यादव, पुनमकुमारी दास, श्यामसुन्दर यादव र लक्ष्मण मण्डललगायतले चित्रकला सिर्जना गरे ।
यो कला कार्यशाला जनकपुरमा पनि आयोजना गरिएको आयोजक श्यामसुन्दर यादवले बताए । उनका अनुसार जनकपुरमा सम्पन्न कार्यशालामा त्यहाँका कलाकारहरू सुलोचना कर्ण, रेणु कर्ण, सुलेखा साह, फुलो साह, सुनिता शर्मा, मुन्नी खातुन, बौषी झा, अञ्जली साह, जुली शाह, सरस्वती झा, देवमुनी गुरौं, रुचि साहले चित्र बनाएका थिए । यी दुवै चित्रकलाई मिथिला यें आर्टले चाँडै प्रदर्शनी गर्ने भएको छ ।

कमेन्ट लोड गर्नुस