सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सयुक्त रचना बाचन हुने

२०७५ असार २३, ०९:०३

केहि समय यता धनगढीमा सुस्ताएको साहित्यिक गतिविधिलाई फेरी निरन्तरता दिने तयारी भएको छ । भदौ ९ गते सयुक्त रचना बाचन मार्फत धनगढीमा साहित्यिक माहोत तताउने तयारी हुन थालेको हो । रचना वाचन समूह धनगढीको आज बसेको बैठकले भदौ ९ गते सयुक्त गजल बाचन कार्यक्रम गर्ने तयारी गरेको हो ।

गजलकार तारा भट्ट ‘पल्लवी’ र गजलकार रघुनाथ कडरीयाको सयुक्त गजल बाचन कार्यक्रम गर्ने निर्णय भएको धनगढी रचना बाचन समूह, कार्यक्रम संयोजक समितीका सदस्य डिल्लीराज ओझाले जानकारी दिए । विगतमा एकल रचना बाचन हुदै आएकोमा अवदेखि युगल रचना बाचनको कार्यक्रम राख्जे पनि उक्त बैठकले निर्णय गरेको छ ।

यसअघि रोट्याक्ट क्लब अफ धनगढीको सयुंक्त आयोजनामा २०७३ कार्तिक २७ गते युवाकवि जनक रसिक, २०७३ पौष ९ गते गजलकार डिल्लीराज ओझा समर्पण र २०७४ सालमा कवि हेमन्त विवशको एकल बाचन कार्यक्रम धनगढीमा सम्पन्न भईरसकेको छ । 
 

कमेन्ट लोड गर्नुस