सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजपेयीले २५ पटक हेरेका थिए हेमाको फिल्म

२०७५ भदौ २, ०८:२९

 बिहीबार निधन भएका भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयी लोकप्रिय नेता मात्रै थिएनन् । उनी साहित्य, कला र फिल्ममा पनि गहिरो रुचि राख्थे ।
धेरैलाई थाहा नहुन सक्छ, बाजपेयी हिन्दी सिनेमाकी महान् अभिनेत्री हेमा मालिनीका फ्यान थिए । उनलाई सन् १९७२ मा रिलिज भएको हेमा मालिनीको फिल्म ‘सीता र गीता’ यति मन परेको थियो कि उक्त फिल्म उनले २५ पटक हेरेका थिए ।
फिल्ममा हेमा मालिनी दोहोरो भूमिकामा थिइन् । फिल्मको निर्देशन रमेश सिप्पीले गरेका थिए । 
फिल्ममा हेमासँगै धर्मेन्द्र र सञ्जीवकुमारले पनि अभिनय गरेका थिए । उक्त फिल्मबाट हेमा मालिनीले फिल्म फेयर अवार्ड पनि हात पारेकी थिइन् ।

कमेन्ट लोड गर्नुस