म्यानचेस्टर सिटी वल्भरसँग रोकियो
इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिका दावेदार म्याचेस्टर सिटी वल्भरह्याम्पटन वन्डरर्ससँग बराबरीमा रोकिएको छ ।
वल्भरह्याम्पटनको घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।
सिटीले खेल भर नै दवाव दिएपनि शुरुवाती गोल खान पुगेको थियो । ५७ औं मिनेटमा विली बोलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । कर्नरमा रुवेन नेभेसले वोओ मोटिन्होलाई वान टु वानमा दिएको पासमा बोलीले हेडमार्फत गोल गर्न सफल भएको थियो ।
त्यसअघि कोस्टाको प्रहार सिटीका गोलरक्षक एडर्सनले बचाएको थिए । एक गोलले पछि परेपछि सिटीले थप आक्रमक खेल्दा ६९औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । गुन्डोगानको पासमा लोपोर्टले सिटीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
इन्जुरी समयमा सिटीका सर्जियो अग्विरोको प्रहार बारमा लाग्दा अग्रता लिने मौका गुमायो ।त्यसपछि थप गोल निस्कन नसक्दा सिटी बराबरीमा रोकिन पुग्यो ।
बराबरीपछि सिटीको ३ खेलबाट ७ अंक पुगेको छ । वल्भरको समान तीन खेलबाट दुई अंक पुगेको छ ।