सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ सलोन र करिश्माको ‘पहिलो प्रेम’

२०७५ असार २८, ०७:४४

अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ प्रेममा रहेको कुरा अब नौलो रहेन । 
पहिलो पटक फिल्म 'लभ सब' मा सँगै काम गरेका यी दुई अभिनीत नयाँ फिल्म ‘बाबु कान्छा’ यही असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 यो फिल्ममा समावेश 'मेरो पहिलो प्रेम' बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा सलोन र करिश्मा एकअर्कालाई आफ्नो पहिलो प्रेम भन्दै हिमालको काखमा रमाइरहेका छन् ।
गीतले बोले झैं के यी दुई एकअर्काको पहिलो प्रेम हुन् ? यसको जवाफ त उनीहरु नै जान्दछन् । 
कमल खत्री र सुधा रत्नको स्वर रहेको गीतमा शुशील पंगेनीको शब्द र टंक बुढाथोकीको संगीत सुन्न सकिन्छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा सलोन र करिश्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । 
 शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतको पनि अभिनय रहेको छ । 
यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गर्दैछन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । 
बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । 
उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले 'कर्णवीर' को 'चन्द्रमा झैँ राम्री छौ' गीतलाई रिमिक्स गरेका छन् । 

कमेन्ट लोड गर्नुस