सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिल्पासँग अनुपले कसे लगनगाँठो

२०७५ असार १७, १२:०७

अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’ यही असार २९ गतेबाट रिलिज हुँदैछ । फिल्ममा यी दुवै शसस्त्र प्रहरीको भुमिकामा प्रस्तुत छन् । यसअघि सार्वजनिक भएका गीत र ट्रेलरमा अनुप र शिल्पाको प्रेम देखाइएको थियो । 
हालैमा निर्माण टिमले फिल्मको एक महत्वपूर्ण सिनको अचल तश्बिर सार्वजनिक गरेको छ, जहाँ यो कपललाई दुलहा–दुहलीको भेषमा देख्न सकिन्छ । यस तश्बिरका कारण पनि फिल्मप्रति दर्शकमा चासो सुरु भएको छ । महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ । महिला शसस्त्र शिल्पासँग अनुपको मिलनपछि विवाहको सिन राखिएको छ । उक्त सिन फिल्मको मुख्य पार्ट भएको बुझिएको छ । 
 फिल्ममा शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ । 
 राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीराङ्गना’ फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । 
 फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन रहेको छ ।  

कमेन्ट लोड गर्नुस