सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोलो नायिकाको अफर कुर्दै आँचल

२०७५ असार २०, १२:२४

  चलचित्र ‘सत्रु गते’ रिलिज अगाडि नायिका आँचल शर्माको हाइट निकै बढेको थियो । रिलिजपछि भने उनले खासै चर्चा पाउन सकिनन् । मल्टिस्टारर यो फिल्म फिल्म व्यवसायिकरुपमा सफल भयो तर क्रेडिट हास्यकलाकारहरुले लगे । ओझेलमा परिन् आँचल । सत्रु गतेपछि उनले नयाँ चलचित्र साइन गरेकी छैनन् ।
आँचलले ‘सत्रु गते’ मा अभिनय गरेर पछुताएको घुमाउरो किसिमले इङ्गित गरेकी छन् । उनले नयाँ चलचित्र साइन नगर्नुको कारण खोल्दै भनिन्, ‘अब म ठूलो हुल भएको चलचित्रमा काम नगर्ने सोचमा छु । सत्रु गतेको सफलताको क्रेडिट मैलो सोलो रुपमा लिन पाइनँ । म केही स्वार्थी बन्न खोजेकै हुँ ।’
आँचलले ‘सत्रु गते’मा काम गरेर आफू पछुताएको कुरालाई भने सिधै स्विकार गरिनन् । उनले अगाडि थपिन्, ‘म अब सोलो नायिकाको अफर कुरिरहेको छु । जसमा, मेरो काम देखियोस् र मैले त्यसको फाइदा लिन सकुँ ।’
सायद, नायक पल शाहले नयाँ चलचित्र साइन नगर्नुको कारण पनि यही हुनसक्छ । आँचलले आफूलाई हरेक नायकसँग काम गर्न सहज हुने समेत बताइन् । 

कमेन्ट लोड गर्नुस