सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वाराको ट्विटर डिलेट

२०७५ भदौ ४, १०:३८

 बलिउडकी चर्चित अभिनेत्री स्वारा भास्करले आफ्नो अभिनयमार्फत दर्शकको मनमा फरक छाप पारेकी छिन् । तर, विवादास्पद भनाइका कारण उनी अक्सर चर्चामा आउने गर्छिन् ।
यसै क्रममा केही दिनपहिले भारतीय सिपाहीलाई आलोचना गरेका कारण उनी ट्रोल भएकी थिइन् । उनको ट्विटर एकाउन्ट नै ह्याक भएको थियो । 
स्वाराको ट्विटर एकाउन्ट उनी अाफैँले डिलेट गरेकी हुन् कि ट्विटरले हो भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको भारतीय मिडियाले जनाएका छन् ।
स्वाराले यसअघि एकैपटक आठवटा ट्विट गरेकी थिइन् । ती ट्विटमा उनले भारतमा फैलिएको भ्रष्टाचार, जातिवाद, समुदायवादलगायतका मुद्दा उठाएकी थिइन् । यी गम्भीर मुद्दा हाइलाइट गर्नका लागि उनले ह्यासट्यागको सहारा लिएकी थिइन् ।
स्वाराले ट्विटहरूमा भारतीय सेनाका मेजर लितुल गोगार्इंको नाम पनि उल्लेख गरेकी थिइन् । उक्त विषयलाई लिएर ट्विटर प्रयोगकर्ताले उनलाई ट्रोल बनाएका थिए ।
 यिनै विवादास्पद ट्विटका कारण उनको ट्विटर एकाउन्ट डिलेट भएको मिडियाले उल्लेख गरेका छन् ।

कमेन्ट लोड गर्नुस