सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘छविको बायोपिक बने हिरोइन म नै’

२०७५ असार २१, ०८:४२

गएको हप्ता प्रदर्शनमा आएको राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जू’ ले भारतीय बक्सअफिसमा सानदार कलेक्सन गरिरहेको छ । यो बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म हो । नेपालमा समेत यो फिल्मले राम्रो पैसा छापेको छ । बलिउडमा लगालग बायोपिक फिल्मले राम्रो कलेक्सन गरिरहेको अवस्थामा नेपालमा पुस्तकमाथि फिल्म निर्माण भएपनि बायोपिक फिल्म बनेका छैनन् । सम्भवतः पहिलो पटक यही असार २९ गते फिल्म बोबी रिलिज हुँदैछ, जुन उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा निर्मित फिल्म हो । 
 बाघ निर्माताकोे रुपमा चिनिने छविराज ओझाको बायोपिक फिल्म बने कति इन्ट्रेस्टिङ होला रु कुन पात्रमा को फिट होला रु हिरोइन कति जना होलान् रु यो सबैका लागि चासोको विषय हुनसक्छ । छविराजको जीवनमा तीन पात्र विशेष छन्-गीताञ्जली सुनवार, रेखा थापा र शिल्पा पोखरेल । शिल्पासँग विवाह हुने चर्चा चलेता पनि गीताञ्जली र रेखा, छविराजका पूर्व श्रीमती हुन् । अब बायोपिक बने यी तीन जनाको भूमिकामा को सुहाउला ?  असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको आफू अभिनीत नयाँ फिल्म वीराङ्गनाको प्रचारमा व्यस्त अभिनेत्री शिल्पा पोखरेलले सञ्चारकर्मीको यस प्रश्नमा आफ्नो विचार राखेकी छिन् ।
 उनी भन्छिन्, उहाँको जीवनमा धेरैजना जोडिँदै आउनु भएको छ । तत्काल बन्यो भने त मेरो भूमिकामा म नै हुन्छु होला । रेखाजीको ठाउँमा पनि उहाँ नै हुनुहुन्छ होला । किनकी उहाँ अझै पनि स्क्रिनमा आइरहनु भएको छ । गीताञ्जली दिदीको ठाउँमा स्वस्तिमा खड्का फिट हुनुहुन्छ होला जस्तो लाग्छ ।
 उनले छविराज ओझाको बायोपिक बनाउन सजिलो नहुने बताउँछिन् । उनी थप्छिन्, धेरै अनुसन्धान गर्नुपर्छ उहाँको जीवनीमा फिल्म बनाउन त । सजिलो छ जस्तो लाग्दैन ।ु छविराज ओझाको भूमिकामा चाहिँ को फिट होला रु उनी भन्छिन्, ुत्यो त बायोपिक बन्ने बेला मात्रै थाहा हुन्छ । त्यसो त निर्माता छविराज ओझाको जीवनीमा एउटा कमर्शियल फिल्म बन्न सक्छ । उनको रियल जीवन फिल्मभन्दा कम छैन । उनको जीवनमा संघर्षसँगै रोमान्सका पाटो पनि प्रशस्तै छन्, जुन फिल्म बन्नका लागि काफी छन् । 

कमेन्ट लोड गर्नुस