सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘३४ वर्षको उमेरमै २२ वटा पोइ फेरिसकेँ’

२०७५ असार २८, ०७:४१

कमेडी फिल्म ‘साली कस्को भेनाको’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 
भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा दुईअर्थी शब्दको वर्षात छ । भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको ट्रेलरमा अभिनेत्री सुष्मा कार्कीले ३४ वर्षको उमेरमा २२ वटा श्रीमान फेरिसकेको बताएकी छन् । 
विल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, जयनन्द लामा, कविता आलेको यो फिल्ममा अभिनय छ । 
 प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् ।
फिल्मको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ ।  
मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको फिल्मको सम्पादन बनिष शाहले गरेका हुन् ।
 ‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउँछन् । प्रसादले यसअघि 'कान्छी', 'कर्जा' लगायतका फिल्म निर्माण गरेका छन् । 

कमेन्ट लोड गर्नुस