सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईई आइडलको तेस्रो सँस्करणको तयारी पुरा

२०८१ वैशाख १३, ०९:४० खबर संवाददाता

धनगढीः एसईई आइडलको तेस्रो सँस्करणको तयारी पुरा भएको छ। प्रभात मिडिया एण्ड इभेन्ट प्राइभेट लिमिटेडको आयोजनामा भइरहेको प्रदेश युवा परिषद् एसईई आइडलको तेस्रो संस्करणको सेमिफाईनलको सम्पूर्ण तयारी पुरा भएको छ।

सेमिफाईनल २०८१ बैशाख १५ गते ओम प्यालेस धनगढीमा आयोजना हुनेछ। सेमिफाईनलमा नृत्य तर्फका ३७ र गायन तर्फका ३० जना प्रतिस्पर्धी विद्यार्थीले प्रवेश पाएका छन्। सेमीफाइनलमा २०८० मा एसईईको परीक्षा दिएका र अब कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुले निःशुल्क प्रवेश पाउनेछन् भने परीक्षाको प्रवेश पत्र भए मन परेको प्रतिस्पर्धीलाई निःशुल्क भोट पनि गर्न पाउनेछन्।

यस वर्ष एसईई दिएका विद्यार्थीहरु मात्र सहभागी भएको यस प्रतियोगिताका अडिसनहरु २०८० असोजबाट सुरु भएका हुन्। अब सेमिफाइनलबाट नृत्यका उत्कृष्ट १५ र गायनका उत्कृष्ट १५ जना विद्यार्थीहरुले फाइनलमा प्रवेश पाउनेछन्। फाईनल पनि २०८१ असार १ गते शनिवारका दिन ओम प्यालेस धनगढीमा आयोजना हुनेछ।

फाइनलमा नृत्य तथा गायनका विजेता र उपविजेताले क्रमशः समान ५०।५० हजार र २५।५ हजार सहित कक्षा ११ र १२ मा छात्रवृत्तीका साथै थुप्रै गिफ्ट ह्याम्पर हात पार्नेछन। यसका साथै विजेता, उप–विजेता, अन्य प्रतिस्पर्धीहरुले पनि आर्कषक गिफ्ट पाउनेछन्। 
 

कमेन्ट लोड गर्नुस