सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैँ टीकाको तेस्रो दिनः आशीर्वाद थाप्नेक्रम जारी

२०८२ असोज १८, ०८:४० खबर संवाददाता

धनगढीः आज आश्विन शुक्ल द्वादशीमा समेत दसैँको टीका लगाउनेको चहलपहल जारी छ।

विजय दशमीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न सुरुभएपछि एकादशी र द्वादशीमासमेत टीका र आशीर्वाद लिन मान्यजनकामा पुग्नेक्रम जारी रहेको हो। नौरथको नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको हो।

बिहीवार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपालको उपत्यकासहित पूर्व क्षेत्रमा भने दशैँ पूर्णिमासम्म मनाइन्छ।

कमेन्ट लोड गर्नुस