सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

कपिलबस्तुमा भएका बस दुर्घटना। तस्बिरः कपिलबस्तु प्रहरी
कपिलबस्तुमा भएका बस दुर्घटना। तस्बिरः कपिलबस्तु प्रहरी
२०८२ असोज १८, ०९:१६ खबर संवाददाता

कपिलबस्तुः कपिलबस्तुको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी २२ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको बस बिहान करिब ६ बजे अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको छ। बसमा करिब ४० जना सवारमध्ये २२ जना घाइते भएको उनको भनाइ छ। 

घाइतेलाई उपचारका लागि चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए। घटनास्थलमा प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार तथा आवश्यक कारबाही गरिरहेको जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।  

कमेन्ट लोड गर्नुस