सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमपातले हुम्लाको न्यालु सडक बन्द

२०८२ असोज २४, ०९:४८ रासस

हुम्ला: अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ।

नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन्। 

सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ। सडकमा जमेको हिउँ पन्छाउन चार दिन  लाग्ने उनले बताए। समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ। हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन्।

कमेन्ट लोड गर्नुस