सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुटिएका ५ सय ५६ थान हतियार अझै फेला परेनन्

२०८२ कार्तिक ९, ०५:२७ खबर संवाददाता

काठमाडौँ: गत भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा लुटिएका ५ सय ५६ थान हतियार अझै फेला परेका छैनन्। नेपाल प्रहरीका विभिन्न ब्यारेक तथा कार्यालयमा तोडफोड र आगजनीपछि १२ सय ७६ थान घातक हतियार लुटिएका थिए। त्यसमध्ये ७ सय २० थान मात्रै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फिर्ता ल्याएको छ। अझै ५ सय ५६ थान हतियार फिर्ता आउन बाँकी रहेको प्रहरी प्रधान कार्यलयले जनाएको छ।

प्रहरीका अनुसार इन्सास र एसएलआरसहित २ सय ८५ नाल ठूला पेस्तोललगायत २ सय ७१ नाल साना हतियार अझै नियन्त्रणमा आएका छैनन्। यसले शान्ति सुरक्षामा समेत चुनौती थपिएको प्रहरी अधिकारीहरुले बताएका छन्

कमेन्ट लोड गर्नुस