सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्याद गुज्रेको बिस्कुट बिक्री गर्दा धनगढी उपमहानगरले तिरायो जरिबाना

२०८२ कार्तिक २९, ०३:५७ खबर संवाददाता

धनगढीः म्याद गुज्रेको बिस्कुट बिक्री गरेकाले धनगढीको एक व्यापारिक फर्मलाई उपमहानगरपालिकाले जरिबाना तिराएको छ।

धनगढीको साइनिङ सन सप्लायर्सलाई म्याद गुज्रेको बिस्कुट बिक्री गरेको भन्दै पाँच हजार जरिबाना तिराइएको हो।

सप्लायर्सले म्याद गुज्रेको गुडडे बिस्कुट बिक्रीवितरण गरेको फेला परेपछि जरिबाना तिराइएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिकाले शनिवार बिहान आयोजना गरेको साइकल र्यालीमा म्याद गुज्रेको बिस्कुट वितरण भएको पाइएपछि उक्त बिस्कुटको डिलर रहेको साइनिङ सन सप्लायर्सलाई जरिबाना गरिएको हो।

कमेन्ट लोड गर्नुस