धनगढी–१५ मा वडास्तरीय खेलकुद प्रतियोगिता सुरु
धनगढीः धनगढी उपमहानगरपालिका–१५ मा आजदेखि वडास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ।
वडास्तरीय खेलकुद सञ्चालन समितिको आयोजनामा आइतबार सुरु भएको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष सुखदेव रानाले गरे। प्रतियोगिताअंतर्गत पुरुषतर्फ फुटबल र भलिबल तथा महिलातर्फ कब्डी र डोरी तान्ने खेलहरू सञ्चालन हुनेछन्। पुरुषतर्फ फुटबलमा १४ टिम र भलिबलमा १५ टिम सहभागी छन्।
त्यस्तै महिलातर्फ कब्डीमा ८ टिम र डोरी तान्नेमा १४ टिम प्रतिस्पर्धा गर्नेछन्। विजेता टिमलाई पुरुष तथा महिला दुवैतर्फ पहिलो पुरस्कार नगद ५ हजार रुपैयाँ, दोस्रो पुरस्कार ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने वडास्तरीय खेलकुद समितिले जनाएको छ। खेलकुद प्रतियोगिता मंसिर १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।