प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
काठमाडौं: जेन–जी अगुवा मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले आज काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेको छ। अन्तरिम सरकारले जेन–जीका विगतका मागहरू बेवास्ता गरेको आरोप लगाउँदै समूहले बिहानदेखि विरोध प्रदर्शन गरिरहेको हो।
प्रदर्शनमा सहभागी जेन–जी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। माइतीघर क्षेत्रमा डा. निकोलस भुसालको समूह पनि देखिएको छ।
आन्दोलनका कारण माइतीघर, थापाथली र बबरमहललगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावित भएको छ। यस क्रममा भुसालसहित केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।