सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका रामकिसन राना बेङ्लोरमा सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल

२०८२ पुष २४, १२:४५ खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १३ घर भई रोजगारीको सिलसिलामा भारतको बेङ्लोर गएका रामकिसन राना पुस २४ गतेदेखि सम्पर्कविहीन भई हराउनु भएको छ।

परिवारका अनुसार उनी बुधवारदेखि बेङ्लोरबाट फोन सम्पर्कमा नआएपछि खोजी सुरु गरिएको हो। आफन्त, चिनजान र सम्भावित सबै स्थानमा बुझ्दा पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

उनलाई कसैले देख्नु भएको वा भेट्नु भएको खण्डमा नेपालमा रहेको मोबाइल नम्बर +९७९७०२८५६६६२ वा भारतको मोबाइल नम्बर +९१९६२१४६०९८५ मा तुरुन्त जानकारी गरिदिन परिवारले अनुरोध गरेको छ।

परिवारजन उहाँको सुरक्षित अवस्थाको कामनासहित सबैमा सहयोगका लागि अपिल गरेका छन्।

कमेन्ट लोड गर्नुस