सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–३ नेशनल मार्गका के.सी. दम्पतीले गरे कपडा  सहयोग

२०८२ पुष २४, १२:४५ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ १३० थान कपडा सहयोग गरिएको छ।

धनगढी–३ नेशनल मार्ग निवासी श्रीमान टोप बहादुर के.सी र श्रीमती अम्बिका भण्डारी के.सीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।

धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस