सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–२ मा रास्वपाको उम्मेदवार दीपक बोहरा

२०८२ पुष २४, ०१:०८ खबर संवाददाता

कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सचिवालय सदस्य दीपक बोहरा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट आगामी निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।

बोहराले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई रास्वपाको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरिएको जानकारी दिएका हुन्।

कञ्चनपुर–२ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता एनपी साउद निर्वाचित भएका थिए। साउदले २८ हजार १३६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६८२ मत पाएका थिए।

कमेन्ट लोड गर्नुस