सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन सुरक्षालाई लक्षित गर्दै बाजुरामा सवारी साधन सञ्चालनमा पूर्ण रोक

२०८२ फाल्गुन २०, ०३:४५ खबर संवाददाता

बाजुरा: प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बाजुरामा फागुन २० गते राति १२ बजेदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

सूचनामा एम्बुलेन्स, दमकल, रक्तसञ्चार, शवबहन, सुरक्षा निकायका सवारी साधन तथा विद्युत्, खानेपानी, ढल र दूरसञ्चार मर्मतका लागि प्रयोग हुने अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य कुनै पनि सवारी सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ।

निर्धारित समयअवधिमा कसैले नियम उल्लङ्घन गरी सवारी साधन चलाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।
 

कमेन्ट लोड गर्नुस