सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, एकैदिन सुन तोलामा रु ७,८०० घट्यो

२०८२ चैत्र ६, १२:११ रासस

काठमाडौँ: स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार घट्दै गएको छ। आज पनि सुनको मूल्य तोलामा रु ७,८०० र चाँदी रु ११५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९४ हजार ५०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ४ हजार ८९५ निर्धारण गरिएको छ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला रु ३ लाख २ हजार ३०० र चाँदीको मूल्य रु ५ हजार १० रहेको थियो। त्यस्तै, बुधबार सुन प्रतितोला रु ३ लाख ७ हजार ७०० र चाँदी रु ५ हजार १५० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ७०० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस