सुनको मूल्य तोलामा १२,५०० ले घट्यो, चाँदी पनि सस्तो
काठमाडौँ: स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ। सुनको भाउ प्रतितोला रु १२ हजार ५०० ले घटेको छ भने चाँदीको मूल्य रु ३५५ ले कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८२ हजार कायम भएको छ। यसैगरी चाँदीको भाउ प्रतितोला रु ४ हजार ५४० निर्धारण गरिएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ९४ हजार ५०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य रु ४ हजार ८९५ थियो। त्यसभन्दा अघिल्लो दिन सुन प्रतितोला रु ३ लाख २ हजार ३०० र चाँदी रु ५ हजार १० मा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४,५०० अमेरिकी डलरमा र चाँदी प्रतिऔँस ६८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।