सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्याउलेमा स्थानीयको सहयोगले अस्थायी ट्राफिक प्रहरी पोस्टको भवन निर्माण

२०८२ चैत्र ९, ०४:०२ खबर संवाददाता

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा अस्थायी ट्राफिक प्रहरी पोस्टका लागि नयाँ भवन निर्माण गरिएको छ। स्थानीयवासीबाट जिन्सी तथा नगद संकलन गरी ८ लाख ८१ हजार रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण गरिएको हो।

सो भवनको सोमबार आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम बहादुर रानाले उद्घाटन गरेका छन्।

भवन निर्माणका लागि स्याउले अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी हवलदार वीरबहादुर विष्टले सहयोग संकलन अभियान सञ्चालन गरेका थिए। उद्घाटन समारोहमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिनुका साथै उनीहरूको नाम भवनमा अभिलेखीकरण गरिएको छ।

यसअघि भवनको अभावमा ट्राफिक प्रहरी कर्मचारीहरू सूर्योदय सामुदायिक वनले बाख्रा राख्न निर्माण गरेको कटेरोमा बस्दै आएका थिए। अहिले सोही स्थानमा व्यवस्थित भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ।
 

कमेन्ट लोड गर्नुस