सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रारम्भिक ज्योतिष कक्षा प्रशिक्षण सम्पन्न, ३४ जना सहभागी

२०८२ चैत्र १०, ०१:२७ खबर संवाददाता

धनगढीः धनगढी–२ स्थित शिव मन्दिर बैयाबेहडीको सभाहलमा विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेश र नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति कैलालीको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रारम्भिक ज्योतिष कक्षा प्रशिक्षण सम्पन्न भएको छ।

चैत्र १ गतेदेखि १० गतेसम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा कुल ३४ जना सहभागी रहेका थिए। कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा नेपाल ज्योतिष परिषद कैलाली जिल्ला अध्यक्ष तथा निङ्गलासैनि गुरुकुलका प्राचार्य खगेन्द्र राज अवस्थी रहेका थिए। साथै, सहायक प्रशिक्षकको रूपमा सिद्धराज उपाध्याय र तुलसीप्रसाद जोशीले सहजीकरण गरेका थिए।

समापन कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष महेन्द्रराज पन्तको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा नेपाल ज्योतिष परिषद सुदूरपश्चिम प्रदेश अध्यक्ष माधवराज जोशी सहभागी भएका थिए भने विशिष्ट अतिथिका रूपमा नेपाल ज्योतिष परिषद् कैलाली जिल्ला अध्यक्ष खगेन्द्रराज अवस्थी र शिव मन्दिर व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर चन्दको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस