सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने: 'सिंहदरबार चलाउन होइन, बदल्न म्यान्डेट पाएका हौँ'

२०८२ चैत्र १९, ०३:०३ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाएको जनादेशलाई जिम्मेवारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाले पाएको मत केवल समर्थनको नभई परिवर्तनको संकेत भएको बताए। 'जनताले हामीलाई सिंहदरबार चलाउन होइन, बदल्न म्यान्डेट दिएका हुन्, र हामीले त्यो परिवर्तन सुरु गरिसकेका छौँ,' उनले भने।

लामिछानेले जनताको आशा र आक्रोश दुवै आफ्नो पार्टीमा प्रतिबिम्बित भएको उल्लेख गर्दै अब रास्वपाका सांसदहरूले बोलेर होइन, काम गरेर देखाउनुपर्ने बताए। उनले सरकारका कामले नै आफ्नो प्रभाव देखाउने विश्वास व्यक्त गरे।

उनका अनुसार रास्वपा समय खेर नफाली तीव्र गतिमा काम गर्न चाहन्छ। 'हामी दिन होइन, सेकेन्ड गनेर काम गरिरहेका छौँ। अब कर्मचारीतन्त्रदेखि सिङ्गो देशले सरकारको गतिसँग आफूलाई मिलाउनुपर्ने अवस्था आएको छ,” उनले जोड दिए।

कमेन्ट लोड गर्नुस