कैलालीको गोदावरीमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
धनगढीः कैलालीको गोदावरीमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–१ बनखेत स्थित पुर्व पश्विम राजमार्गमा पुर्वबाट अत्तरियातर्फ आउँदै गरेको भि.न.पा.००–१ ह ०८७० नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्री ६० वर्षकी पशुपति नेपालीको बिहीबार बेलुकी मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई निसर्ग अस्पताल धनगढी ल्यइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषण गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। अटो र अटो चालक सोही गोदावरी नगरपालिका–११ ओलानी बस्ने ५५ वर्षीय प्रेम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।