सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका रविन्द्र शाही काठमाडौँबाट सम्पर्कविहीन

२०८३ जेठ १५, ०७:५७ खबर संवाददाता

धनगढी: डोटीका एक किशोर काठमाडौँबाट बेपत्ता भएका छन्। जिल्लाको शिखर नगरपालिका–१ कपल्लेका १६ वर्षीय रविन्द्र शाही काठमाडौँबाट सम्पर्कविहीन भएका हुन्।

अनामनगरस्थित सिलौटो कटेजमा काम गर्दै आएका शाही जेठ ५ गते साँझ “घर जान्छु” भन्दै निस्किएका थिए। त्यसयता उनी परिवार तथा आफन्तको सम्पर्कमा नआएको जनाइएको छ।

परिवारले आफन्त, साथीभाइ तथा विभिन्न स्थानमा खोजतलास गर्दा पनि उनको अवस्था खुल्न नसकेको जनाएको छ।

उनीबारे कसैले देखेमा वा कुनै जानकारी पाएमा नजिकको प्रहरी तथा ९८६४६२९४५७ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस