सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ 

२०८३ असार ८, ०८:५३ खबर संवाददाता

सुर्खेतः नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। प्राप्त जानकारीअनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको भन्दै नियन्त्रणमा लिइएको बताइएको छ।

पार्टीको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलको सुझाव संकलनका लागि आयोजित प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए।

यसैबीच, उनी बसोबास गर्दै आएको काठमाडौंको भैँसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको दाबी गरिएको छ।

यद्यपि, यस घटनाबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि वा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
 

कमेन्ट लोड गर्नुस