सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दामा फरार डोटीका एक जना पक्राउ 

२०८३ असार ९, ०७:२८ खबर संवाददाता

धनगढीः सवारी ज्यान मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डोटीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना २९ दिन कैद सजाय तोकिएको डोटीको आदर्श गाउँपालिका–७ जडिमाना बस्ने ५६ वर्षीय रणबहादुर बिष्ट पक्राउ परेका हुन्। बिष्टलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले सोमबार दिपायल सिलगढी नगरपालिका–६ सिलगढीबाट पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस