तीन जिल्लाबाट भन्सार छलीका सामान बरामद
धनगढीः सुदूरपश्चिमको तीन जिल्ला कैलाली, कञ्चनपुर र दार्चुलाबाट भन्सार छलीको सामान बरामद गरिएको छ।
कैलालीको टीकापुर नगरपालिका–७ सोनाफाटाबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २६ हजार ८ सय बराबरको सुर्ति, बिडी, सलाई लगायतका सामान वुधबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।
यस्तै कञ्चनपुरको बिभिन्न स्थानहरु भीमदत्त नगरपालिका–४ बसपार्क र भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ५३ लाख ३४२ बराबरको बिभिन्न किसिमका कपडा, चप्पल, हाडवेयर, प्लाष्टिक डोरी, तरकारी, किरानाका सामान, मोटरसाइकल थान–१ लगायतका सामानहरु वुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।
उता दार्चुला महाकाली नगरपालिका–१ कलौनबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २८ हजार ११ रुपैँया बराबरको चामल, पिठो, पाँपड लगायतका सामानहरु वुधबार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।