गोठ भत्किँदा मृत्यु
२०८३ असार ३२, ०८:४८
स्याङ्जाः स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ।
भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए। गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ। वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए।
कमेन्ट लोड गर्नुस