सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘न्यु म्यु’को शाखा सञ्चालनमा,ब्रान्डेड चस्मा सुपथ मूल्यमा उपलब्ध हुने

२०८३ साउन १६, ०३:२८ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडि रहेको डीबी कम्प्लेक्स भवनमा ‘न्यु म्यु’को नयाँ शाखा सञ्चालनमा आएको छ। शनिबार आयोजित एक कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरिएको हो।

युवा व्यवसायी असिम थापा, अमर सुब्बा र सिसन बानियाँको संयुक्त लगानीमा सञ्चालनमा आएको यो शाखाले सुदूरपश्चिमका ग्राहकलाई गुणस्तरीय ब्रान्डेड चस्मा सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ। काठमाडौं लगायत देशका विभिन्न स्थानमा सेवा विस्तार गरिसकेको न्यु म्युले अब पश्चिम नेपालमा पनि आफ्नो व्यवसाय विस्तार गरेको जनाएको छ।

न्यु म्युका सञ्चालक असिम थापाका अनुसार व्यवसायको सुरुवात दुइजनासंग मिलेर २५/२५ हजार रुपैयाँको लगानीबाट गरिएको थियो। निरन्तर  विस्तारसँगै अहिले लाखौं रुपैयाँको लगानीमा व्यवसाय सञ्चालन भइरहेको उनले बताए।

शोरुममा विभिन्न अन्तर्राष्ट्रिय तथा चर्चित ब्रान्डका चस्मा उपलब्ध गराइएको छ। चस्माप्रति रुचि राख्ने ग्राहकलाई गुणस्तरीय उत्पादन उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालक थापाको भनाइ छ। उनका अनुसार सबै चस्मा फिक्स मूल्य र फिक्स छुटको व्यवस्थासहित बिक्री गरिनेछ।

व्यवसाय सञ्चालकहरूले नेपालमै उद्यम र रोजगारीका अवसर सिर्जना गर्न सकिने विश्वास व्यक्त गर्दै युवाहरूलाई वैदेशिक रोजगारीभन्दा स्वदेशमै व्यवसाय र उद्यमतर्फ आकर्षित हुन आग्रह गरेका छन्। सरकारले स्वदेशमै उत्पादित वस्तुको बजारीकरण र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरे थप रोजगारी सिर्जना हुने र युवाले विदेशमा श्रम बेच्नुपर्ने बाध्यता कम हुने उनीहरूको भनाइ छ ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस